+
+
Shares

जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन ‘अल्टिमेटम’

सडक विभाग र काठमाडौं महानगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै यी संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १३:२०

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ भित्रका अनधिकृत संरचनाहरु हटाउन ३५ दिनको अल्टिमेटम दिइएको छ।
  • यस क्षेत्रमा सडकको केन्द्रबाट दायाँबाँया १५/१५ मिटरको सीमा कायम गरिएको छ।
  • यदि संरचना समयमै नहटाए, कानुनी कारबाही गरिनेछ।

२९ वैशाख, काठमाडौं । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ (सडक सीमा) भित्रका संरचना सम्बन्धित व्यक्तिले नै हटाउनुपर्ने भएको छ ।

सडक विभाग र काठमाडौं महानगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै यी संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएका छन् ।

सूचना अनुसार भौतिक, योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५/१५ मिटर सडकको सीमा कायम भएको छ ।

यस सीमामा नेपाल सरकार र महानगरले यसै महिना सीमाङ्‍कन गरेर चिह्नसमेत लगाइएको छ । साथै, किलासमेत गाडिएको सूचनामा उल्लेख छ ।

उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पासविना बनाइएका अनधिकृत संरचना व्यक्ति आफैंले हटाउनुपर्ने र त्यसका लागि ३५ दिनको समय दिइएको समेत सूचनामा छ । तोकिएको अवधिमा नहटाए कानुन अनुसार कारबाही हुनेसमेत जनाइएको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?