+
+
Shares

ठोरीमा ३ करोड लागतमा ढलान सडक निर्माण हुँदै

ठोरी गाउँपालिका वडा नम्बर १, ३ र ५ मा रहेका ती सडकमा ढलान गर्न लागिएको हो । ती प्रत्येक सडकका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १३:३६

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • पर्सा ठोरीमा ३ करोड रुपैयाँको लागतले तीन वटा पक्की सडकको निर्माण हुँदैछ। यसले स्थानीय विकास र यातायातमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
  • पूर्वमन्त्री र पूर्वउपाध्यक्ष उर्मिला अर्यालले सडक शिलान्यास गरेकी छन् र ती सडकहरू वडानम्बर १, ३ र ५ मा निर्माण हुनेछन् ।

२९ वैशाख, काठमाडौं । संघ सरकारको स्थानीय पूर्वाधार विभाग आयोजना मार्फत पर्सा ठोरीमा ३ करोड रुपैयाँ बराबरको पक्की ढलान सडक निर्माण हुने भएको छ ।

चालु आर्थिक वर्ष अन्त्यसम्म निर्माण सम्पन्न हुने तीन वटा ढलान सडकको राष्ट्रिय सभाकी पूर्वउपाध्यक्ष उर्मिला अर्यालले सोमबार छुट्टाछुट्टै शिलान्यास गरिन् । पूर्वमन्त्री समेत रहेकी अर्यालको पहलमा ती ढलान सडक निर्माण हुन लागेका हुन् ।

अर्यालको स्वकीय सचिवलायका अनुसार ठोरी गाउँपालिका वडा नम्बर १, ३ र ५ मा रहेका ती सडकमा ढलान गर्न लागिएको हो । ती प्रत्येक सडकका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आव अन्त्यसम्ममा निर्माण सक्ने गरी ठेकेदार मार्फत काम हुनेछ ।

यसैबीच ठोरी आइपुगेकी पूर्वमन्त्री अर्याललाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले आगामी दिनमा पनि ठोरीको विकासमा यस्तै खालको सहयोग हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?