
News Summary
Generated by OK AI. Editorially reviewed.- विल्सनविक्रम राईलाई डिजिटल सेवा प्रदायक कम्पनी तोक्माको व्यवसायिक दूत र ब्रान्ड फेसको रूपमा नियुक्त गरिएको छ।
- तोक्मा एपले राइड सेयरिङ, केयर गिभिङ, पर्यटन र सुरक्षासम्बन्धी सेवा एकै एपमार्फत प्रदान गर्ने उद्देश्यले सुरु भएको हो।
- एपले नेपालको पैसा नेपालमै रहोस्, रोजगारी सिर्जना होस् र देशको अर्थतन्त्र बलियो बनाउने लक्ष्य राखेको छ।
काठमाडौं । ‘तक्मे बुढा’को नामले रुचाइएका कलाकार विल्सनविक्रम राई डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’को व्यवसायिक दूतमा नियुक्त भएका छन् । सोमबार आयोजित समारोहमा कम्पनीले राईलाई ’ब्रान्ड फेस’को रूपमा चिनाएको हो ।
विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा आयोजित समारोहसँगै एपको औपचारिक सुरुवात भएको जानकारी दिइयो । यो एपले डिजिटल सेवा क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यसहित राइड सेयरिङ, केयर गिभिङ, पर्यटन र सुरक्षासम्बन्धी सेवा एकै एपमार्फत प्रदान गर्छ ।
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि राईले भने, ‘मैले सधैँ आफ्ना समर्थकहरूले प्रेमपूर्वक विश्वास गरेका विभिन्न प्लेटफर्मलाई सही सदुपयोग र आम मानिसलाई वास्तविक कुराहरूबारे जानकारी दिन प्रयोग गर्ने गरेको छु । म यस यात्राको हिस्सा हुन पाउँदा गर्व गर्छु ।’
विदेशी एपहरू पैसा तिर्दै चलाइरहँदा हाम्रो पैसा बाहिर गइरहेको अवस्थामा तोक्मा एपले नेपालको पैसा नेपालमै रहोस्, रोजगारी सिर्जना होस्, देशको अर्थतन्त्र बलियो होस् भन्ने उद्देश्य लिएको उनले बताए ।
तोक्माका सीइओ सागर आङदेम्बेले राईलाई ब्रान्ड एम्बासडरमा स्वागत गर्दै भने, ‘अभिनेता राईले तोक्माको भावनालाई मूर्त रूप दिनुहुनेछ भन्ने विश्वास लिएका छौँ । हामी उहाँलाई हाम्रो ‘ब्रान्ड फेस’ र हाम्रो मिसनको आवाजको रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ ।’
आङदेम्बेले तोक्मा नामबारे समेत स्पष्ट पार्दै भने, ‘तोक्मा हिमालको जीवनशैली जोडिएको नाम हो । यो पदयात्रीहरूको सहाराको रूपमा रहेको एक लठ्ठी हो, यो शक्ति सन्तुलनको प्रतीक हो ।’
विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक घिसिङले यो एप दैनिक जीवनमा प्रयोग गर्नुपर्ने रहेको बताए । उनले पर्यटन तथा सहयोगको आवश्यकता हुने व्यक्तिलाई यसले सहयोग गर्नुका साथै देशमै रोजगारी सृजना गर्नलाई भूमिका खेल्ने बताए ।
प्रतिक्रिया 4