+
+
Shares

सामाजिक सुरक्षालाई विपन्न वर्ग केन्द्रित गर्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद गोकर्ण विष्टले सामाजिक सुरक्षालाई विपन्न वर्गमा केन्द्रित गर्नुपर्ने बताएका छन्।
  • उनले सामाजिक सुरक्षाको पुनरावलोकन गर्न आवश्यक रहेको र यसले विपन्न वर्गलाई लक्षित गर्नुपर्ने बताए।

३० वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद गोकर्ण विष्टले सामाजिक सुरक्षालाई विपन्न वर्ग केन्द्रित गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रि–बजेट छलफलमा भाग लिँदै उनले यसतर्फ प्रस्तुत सिद्धान्त इंकित रहेको पनि बताए ।

‘कतिपय व्यक्तिलाई सामाजिक सुरक्षाको आवश्यकता नपर्ने तर, राज्यको एउटा ठूलो व्ययभार त्यहाँ खर्च हुने खालको अवस्था पनि छ,’ उनले भने ।

राज्यको अवस्था कस्तो छ भनेर ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

‘यही प्रकारले सामाजिक सुरक्षाको आकार फराकिलो बन्दै जाने हो भने एउटा अवस्थामा राज्यले थेग्न नसक्ने हो कि ?,’ उनी भन्छन्, ‘यसमा गम्भरताकासाथ समीक्षा गर्नुपर्छ ।’

प्रस्तुत सिद्धान्तमा समेत सामाजिक सुरक्षालाई विपन्न वर्ग केन्द्रित गर्ने प्रस्ताव इंकित रहेको उनले बताए । अगाडि भन्छन्, ‘कम्तिमा विपन्न वर्गमा रहने गरी, लक्षित वर्गमा केन्द्रित रहने गरी सामाजिक सुरक्षालाई पुनरावलोकन गर्नुपर्छ भन्ने कुरालाई पनि सिद्धान्तले इंकित गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?