
News Summary
Generated by OK AI. Editorially reviewed.- आज देशका केही भागहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
- कोशी, बागमती र गण्डकी प्रदेशहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना पनि छ।
- लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूमा हावाहुरीको सम्भावना रहेको र राति पनि पहाडी क्षेत्रहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
३१ वैशाख, काठमाडौं । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली हुने सम्भावना रहेको छ ।
आज देशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, थोरै ठाउँमा चट्याङसहित वर्षा, एक/दुई ठाउँमा हिमपातसहित वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार ती प्रदेशका एक/दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना पनि रहेको छ ।
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने हावाहुरीको सम्भावना रहेको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हिमपातसहित हल्का वर्षाको सम्भावना हरेको छ ।
प्रतिक्रिया 4