
News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटका पत्रकार फणि महतको ब्रेन ट्युमरको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ।
- महत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए र रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोस्टको रौतहट जिल्ला संवाददाताका रुपमा कार्यरत थिए।
- नेपाल पत्रकार महासंघ मधेश प्रदेशले महतको निधनप्रति शोक व्यक्त गर्दै पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको बताएको छ।
३१ वैशाख, रौतहट । रौतहटका पत्रकार फणि महतको निधन भएको छ । करिब दुईवर्षदेखि ब्रेन ट्युमरबाट पीडित महतको उपचारको क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार राति साढे १० बजे निधन भएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४० वर्षीय महत दुई दशकदेखि पक्रकारितामा सत्रिय थिए । चन्द्रपुरको रेडियो सुप्रिमको सञ्चालक समेत रहेका महत अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको रौतहट जिल्ला संवाददाताको रुपमा कार्यरत थिए ।
उनको निधनप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशले शोक व्यक्त गरेको छ । महासंघका मधेश प्रदेश महासचिव शैलेन्द्र महतोले शोक विज्ञप्ति जारी गर्दै अल्पायुमै भएको पत्रकार महतको निधनले मोफसलको पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4