+
+
Shares

स्थानीय तहले कानुन विपरीत बाँडे चाडपर्वदेखि पोसाक खर्चसम्म

प्रदेश सभाद्वारा जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनमा स्थानीय तहका पदाधिकारी र सभाको सदस्यले तोकिए बमोजिम मासिक सुविधा पाउने व्यवस्था छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय तहका जनप्रतिनिधिहरुले कानुन विपरीत सुविधा लिएको महालेखा परीक्षकको रिपोर्टले देखाएको छ।
  • अधिकांश स्थानीय तहले ऐनमा उल्लेख नभएको खर्च र सुविधामा अनियमितता गरेको पाइएको छ।
  • कुल मिलाएर १४ करोडभन्दा बढी रकम अनियमित र नियमविपरीत खर्च भएको रिपोर्टमा उल्लेख गरिएको छ।

३१ वैशाख, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले कानुन विपरीत सुविधा लिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

कार्यालयले आफ्नो ६२औं वार्षिक प्रतिवेदन मार्फत स्थानीय तहका जनप्रतिनिधिले जथाभावी सुविधा प्रयोग गरेको औंल्याएको हो ।

प्रदेश सभाद्वारा जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनमा स्थानीय तहका पदाधिकारी र सभाको सदस्यले तोकिए बमोजिम मासिक सुविधा पाउने व्यवस्था छ ।

तर, आर्थिक वर्ष २०८०/८१ मा १३ स्थानीय तहले पदाधिकारीलाई ऐनमा व्यवस्था नभएको चाडपर्व खर्च १३ लाख ९६ हजार, २८ स्थानीय तहले पोसाक सुविधामा १ करोड २८ लाख ३५ हजार र ऐनमा उल्लेख भएभन्दा फरक हुने गरी ७७ स्थानीय तहले यातायात खर्चमा ५ करोड ७ लाख ९५ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ५३ स्थानीय तहले ऐनमा उल्लेख भएभन्दा बढी हुने गरी इन्धनमा ३ करोड ५७ लाख ६७ हजार, १६ स्थानीय तहले ऐनमा तोकेभन्दा बढी हुने गरी विविधमा १ करोड ४५ लाख ६८ हजार, ७३ स्थानीय तहले नियमले नपाउने भान्से, घरभाडा, अतिथि सत्कार लगायत अन्य सुविधा बापत २ करोड ५२ लाख ४१ हजार गरी १४ करोड ६ लाख १२ हजार बढी भुक्तानी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?