+
+
Shares

५ क्यासिनोको बक्यौता १ अर्ब ७८ करोड

महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदनमा ५ क्यासिनोले १ अर्ब ७८ करोड ५१ लाख ४९ हजार रुपैयाँ सरकारलाई तिर्नुपर्ने बक्यौता नतिरेको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँच क्यासिनोले सरकारलाई तिर्नुपर्ने बक्यौता अझै नतिरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ।
  • कुल बक्यौता रकम १ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ रहेको र केही क्यासिनो सञ्चालनमा नभएको तथा खारेज भइसकेको जानकारी दिइएको छ।
  • महालेखा परीक्षकले बक्यौता असुल गर्न र हिसाब अद्यावधिक गर्न सुझाव दिएको छ।

३१ वैशाख, काठमाडौं । मुलुकमा सञ्चालनमा रहेकामध्ये ५ क्यासिनोले सरकारलाई तिर्नुपर्ने बक्यौता अझै नतिरेको पाइएको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई महालेखा परीक्षकको कार्यालयले बुझाएको ६२औं वार्षिक प्रतिवेदनले ५ क्यासिनोले १ अर्ब ७८ करोड ५१ लाख ४९ हजार रुपैयाँ सरकारलाई तिर्नुपर्ने बक्यौता नतिरेको उल्लेख छ ।

क्यासिनो रोयल्टी तथा इजाजत नवीकरण–क्यासिनो नियमावली, २०७० को चौथो संशोधन २०७६ को नियम १० मा इजाजत दस्तुर र नियम १२ र १३ मा नवीकरण दस्तुर लाग्ने व्यवस्था छ ।

प्रतिवेदनमा उललेख भए अनुसार वार्षिक रूपमा बुझाउनुपर्ने रोयल्टी नबुझाएका कारण गत वर्षसम्म ६ क्यासिनोको १ अर्ब ९५ करोड १६ लाख ४९ हजार बक्यौता रहेकामा यो वर्ष एक क्यासिनोको १६ करोड ६५ लाख असुल भई बाँकी ५ क्यासिनोको १ अर्ब ७८ करोड ५१ लाख ४९ हजार बक्यौता रहेको छ ।

यस्तै त्यसमध्ये २ क्यासिनो हाल सञ्चालनमा नरहेको र ३ क्यासिनो संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको निर्णयले खारेज भएकामा सर्वोच्च अदालतको आदेश अनुसार यो वर्ष नवीकरण दस्तुर बापत ६२ लाख ५० हजार र रोयल्टी बापत १२ करोड ३७ लाख ५० हजार प्राप्त भएकाले बक्यौता हिसाब अद्यावधिक गरी असुल गर्न पनि महालेखाले सुझाव दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?