+
+
Shares
महालेखा प्रतिवेदन :

बीपी प्रतिष्ठानमा ३५ लाख अपचलन

महालेखा परीक्षकको ६२औं प्रतिवेदनमा मिडास सफ्टवेयर सञ्चालनमा संलग्न कर्मचारी र सनराइज बैंकका कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते २०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३५ लाख ८७ हजार रुपैयाँको अपचलन भएको पाइएको छ।
  • महालेखा परीक्षकको प्रतिवेदनले सफ्टवेयर र बैंक कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको देखाएको छ।
  • महालेखाले थप अनुसन्धानको आवश्यकता औंल्याएको छ।

३१ वैशाख, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सफ्टवेयर र बैंकका कर्मचारीको मिलेमतोमा ३५ लाख ८७ हजार रुपैयाँ अपचलन भएको पाइएको छ ।

महालेखा परीक्षकको ६२औं प्रतिवेदनमा मिडास सफ्टवेयर सञ्चालनमा संलग्न कर्मचारी र सनराइज बैंकका कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको उल्लेख छ ।

प्रतिवेदनले रकम अपचलन भएको विषयमा प्रतिष्ठानले गठन गरेको छानबिन समितिले नै देखाउँदा पनि आवश्यक कारबाही नगरेको जनाएको छ ।

प्रतिवेदनमा भनिएको छ,‘प्रतिष्ठानले आय संकलनका लागि मिडास सफ्टवेयर प्रयोगमा ल्याएको र सफ्टवेयरअनुसार प्राप्त देखिएको रकम बैंक दाखिला नभएको सम्बन्धमा ३ सदस्यीय छानबिन समिति गठन गरेको पाइयो । उक्त समितिको प्रतिवेदनमा सफ्टवेयर सञ्चालनमा संलग्न कर्मचारी र सनराइज बैंकको कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको ठहरसहित सफ्टवेयर कम्पनीले ३५ लाख ८७ हजार अपचलन गरेको उल्लेख छ ।’

लेखापरीक्षण प्रतिवेदनबाट उक्त विषय औंल्याइए पश्चात् उक्त रकम बैंकमा दाखिला गरेको प्रमाण पेस गरेता पनि थप छानबिन भने गरिएको छैन ।

प्रचलित कानुन बमोजिम छानबिन गरी आवश्यक कारबाही गर्ने महालेखाले सुझाव दिएको छ ।

प्रतिष्ठानबाट यस वर्षको अस्पताल सेवा सञ्चालनको आय १ अर्ब ३६ करोड २३ लाख ६१ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?