+
+
Shares

ऋषिङ गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्धको जाहेरी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध जग्गा विवाद र कुटपिटको आरोपमा जाहेरी दर्ता भएको छ।
  • उनले आफ्नै घरमा बोलाएर ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको आरोप छ।
  • प्रहरी अनुसन्धान जारी रहेको र घटनाको प्रकृतिबारे अध्ययन भइरहेको छ।

१ जेठ, दमौली । जग्गा विवादमा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले घरमा बोलाएर ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको आरोप छ ।

भीमादको मालेबजारमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आले परिवारको जग्गा खरिद गरेका थिए । त्यो जग्गाको विषयमा उनीहरुबीच ७/८ वर्षदेखि विवाद छ । श्रेष्ठले सहमति गर्न बोलाएर आफूलाई एक्कासी कुटपिट गरेर ज्यान मार्न खोजेको भन्दै आलेले प्रहरीमा उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख इन्सपेक्टर पोषण थापाले गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरे ।

‘जाहेरी दर्ता भएको छ । सुरूको ठाडो उजुरीमा कुटपिट भएकाले क्षतिपूर्ति भराइ पाउँ भन्ने थियो । पछि ज्यान मार्ने उद्योगमा हुलाकमार्फत जाहेरी प्राप्त भयो र दर्ता भयो,’ इन्स्पेक्टर थापाले भने ।

त्यसबारे अध्ययन भइरहेको उनले जानकारी दिए । ‘घाउको परीक्षण, घटनाको प्रकृतिबारे अनुसन्धान भइरहेको छ,’ इन्सपेक्टर थापाले भने, ‘यो मुद्दालाई कसरी अगाडि बढाउने भनेर हिजोमात्र पनि सरकारी वकिलको कार्यालयमा छलफल भएको छ । अनुसन्धान जारी छ ।’

पीडित भनिएका प्रभात आले र पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ दुबै सम्पर्कमै रहेको इन्स्पेक्टर थापाले बताए ।

प्रभात आले २०१५ सालमा तनहुँबाट कांग्रेस सांसद बनेका पदमबहादुरका छोरा तथा गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका सांसद जीतप्रकाश आलेका भाइ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?