News Summary
Generated by OK AI. Editorially reviewed.- सन्दीप लामिछानेले आफ्नो व्यक्तिगत र पेशागत विकासको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताबाट बाहिर रहने निर्णय गरेका छन्।
- उनले भनेका छन् कि यस निर्णयले क्रिकेट वा राष्ट्रप्रति उनको प्रेम कम नहुने र यो केवल आफ्नो विकासको लागि हो।
- अर्को तर्फ, विश्वका धेरै प्रसिद्ध खेलाडीहरूले पनि केन्द्रीय सम्झौतामा नहुने निर्णय गरेका छन् र यसले खेलाडीहरूको स्वतन्त्रता र विकल्पलाई दर्शाउँछ।
१ जेठ, काठमाडौं । बुधबार दिउँसो नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर तथा पूर्वकप्तान सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने भनेर सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेखे।
उनले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको समेत बताउँदै राष्ट्रिय टिमप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने स्पष्ट पारेका थिए ।
उनको उक्त निर्णयले नेपाली क्रिकेट समर्थक र केही विश्लेषकमाझ भने तरंग नै पैदा गरेको थियो । केन्द्रीय सम्झौतामा समावेश नभए पनि उनी नेपालबाट खेलिरहने छन् । कतिपयले उनको यस कदमलाई स्टन्ट भएको तर्क दिएका छन् भने कतिले सन्दीप क्यानसँग रिसाएको, टोलीभित्रै एक्लिएको लगायतका टिप्पणी गरेका छन् ।
वास्तवमा भन्नुपर्दा यी सबै अनावश्यक तर्कहरू हुन् । केन्द्रीय सम्झौतामा समावेश नभए पनि देशका लागि खेल्ने सन्दीप पहिलो खेलाडी होइनन् । यसअघि विश्वचर्चित खेलाडीहरू पनि केन्द्रीय सम्झौतामा समावेश गरिएका छैनन् ।
फरक यति हो कि यहाँ सन्दीप आफैंले केन्द्रीय सम्झौता छाडेका छन् भने हामीले देख्दै आएका अन्य धेरै चर्चित खेलाडीहरू भने क्रिकेट बोर्डबाटै सम्झौतामा परेका हुँदैनन् । कतिपयले सन्दीपजस्तै आफैं सम्झौतामा समावेश नहुने निर्णय लिन्छन् ।
न्युजिल्याण्डका पूर्वकप्तान केन विलियमसन, पेस बलर ट्रेन्ट बोल्ट, वेस्ट इन्डिजका निकोलस पूरन र आन्द्रे रसेल, इंग्ल्याण्डका जेसन रोयलगायतका विश्वचर्चित खेलाडीहरूले पनि केन्द्रीय सम्झौतामा समावेश नहुने भनेर निर्णय लिएका छन् ।
अस्ट्रेलियाका मार्कस स्टोइनिस बोर्डबाटै केन्द्रीय सम्झौतामा परेका छैनन् । यद्यपी उनले अस्ट्रेलियाबाट खेल्दै विश्वकप नै जितेका छन् । भारतका श्रेयस अय्यर पनि बीसीसीआईबाट २०२४ को केन्द्रीय सम्झौतामा परेका थिएनन् । उनी २०२५ का लागि भने फेरि केन्द्रीय सम्झौतामा समावेश भएका छन् ।
केहीले भने विश्वभर टी-२० फ्रेन्चाइज लिगहरूको बढ्दो प्रभावका कारण धेरै शीर्ष क्रिकेट खेलाडीहरूले आफ्ना देशका केन्द्रीय सम्झौताहरू अस्वीकार गर्ने प्रवृत्ति बढेको चर्चा पनि गर्ने गर्दछन् ।
यो निर्णय खेलाडी आफैंमा निहीत हुने गर्छ । तर पनि केन्द्रीय सम्झौता अस्वीकार गरेकै कारण राष्ट्रिय टोलीबाट नखेल्ने भन्ने चाहिँ हुँदैन ।
सन्दीपको मामिलामा भने अब उनले पहिल्यै प्रशस्त कमाइसकेकाले क्यानको आर्थिक भार घटाउन यो निर्णय लिए वा कप्तानी नपाएको झोंकमा यो निर्णय लिए भन्ने किसिमका जुन् टिप्पणी भइरहेका छन् ती सबै अनावश्यक कुराको बहस नै हो भन्ने देखिन्छ ।
उनले यस निर्णय नेपाली टोली युके टुर जानुभन्दा केही घण्टाअघि मात्र लिएका छन् । अब उनको मनसाय के थियो, के कारणले सम्झौता छाडे यो कुरा सबैभन्दा धेरै उनलाई नै थाहा हुने कुरा हो । त्यसकारण यो विषयलाई लिएर धेरै अनावश्यक टिप्पणी भने जरुरी देखिँदैन ।
प्रतिक्रिया 4