+
+
Shares

लगातार पाँचौ दिन घट्यो सेयर बजार, होटलमा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेप्से सूचकांक लगातार पाँचौं दिन घटेको छ र आज ८.४१ अंकले झरेर २६११ मा पुगेको छ।
  • होटल र पर्यटन क्षेत्रले सबैभन्दा बढी ४.९१ प्रतिशत वृद्धि गरेको छ भने विकास बैंक सेक्टर सबैभन्दा बढी २.१२ प्रतिशत घटेको छ।
  • आजको कारोबारमा सोल्टी होटल, राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप र सानिमा माइ हाइड्रोपावर कम्पनीहरू प्रमुख रूपमा कारोबार भएका थिए।

१ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ ।

परिसूचक नेप्से ८.४१ अंक घटेको हो । सो कमीपछि नेप्से २६११ अंकमा झरेको छ । योसहित लगातार पाँचौ दिन बजार घटेको हो । ८२ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने एउटाको स्थिर रह्यो ।

अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोडको भयो ।

यस दिन होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ४.९१ प्रतिशत बढेको छ । होटल तथा पर्यटन सेक्टरका कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक छ । साथै व्यापार ०.७० प्रतिशत बढ्यो ।

विकास बैंक सेक्टर सबैभन्दा धेरै २.१२ प्रतिशत घट्यो । बैंकिङ ०.३०, फाइनान्स ०.७९, हाइड्रोपावर ०.६५, लगानी ०.०४, जीवन बीमा ०.४१, उत्पादन ०.४५, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.४० तथा अन्य १.१४ प्रतिशत घटे ।

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ९.६२, बाराही हाइड्रोपावरको ८.९४, सोल्टी होटलको ८.०५, नेपाल माइक्रोइन्स्योरेन्सको ५.२४ प्रतिशत मूल्य बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ८.६५, जोशी हाइड्रोपावरको ७.०६, ग्रिन डेभलपमेन्ट बैंकको ५.९८, सिन्धु विकास बैंकको ५.६९ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा सोल्टी होटल, राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?