
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहण गर्ने योजना बनाएका छन्।
- पर्यटन विभागले उनलाई आरोहण अनुमति दिएको पुष्टि गरेको छ।
- अहिले धेरै आरोहीहरू सगरमाथाको चुचुरोमा पुगिरहेका छन्।
१ जेठ, काठमाडौं । नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्मा सर्वोच्च शिखर सगरमाथाको बेसक्याम्प पुगेका छन् । महामन्त्री शर्मा स्वयंले सामाजिक सञ्जालबाट आफू सगरमाथा आधार शिविर पुगेको जानकारी दिएका छन् ।
उनी यसअघि पनि लुबुचे हिमाल पुगिसकेका छन् । सगरमाथा आरोहणका लागि कम्तीमा ५ हजार फिट अग्लो हिमाल चढिसकेको व्यक्ति हुनुपर्नेछ । उनले सो भन्दा पनि अग्लो हिमाल चढिसकेकाले पर्यटन विभागले सगरमाथा आरोहण अनुमति पत्र पनि दिइसकेको छ ।
निर्देशक हिमाल गौतमका अनुसार महामन्त्री शर्माले सगरमाथा आरोहण अनुमति प्राप्त गरेका हुन् ।
आधार शिविरबाट अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘म सगरमाथा आरोहणका लागि योग्य भएको अनुमति पत्र प्राप्त व्यक्ति हुँ । यो पटक आधार शिविरसम्म आइपुगेको छु । कति सम्म पुग्न सकिन्छ हेरौं ।’
बजेट प्रस्तुत हुनुअघि आफू संसद्मा उपस्थित हुनुपर्ने भएकाले यो पटक सगरमाथाको चुचुरोमै पुग्न सकिन्छ वा सकिँदैन भन्ने यकिन नभइसकेको उनी बताउँछन् ।
अहिले आरोहीहरू धमाधम सगरमाथा चुचुरो पुगिरहेका छन् । बुधबार मात्र ४० भन्दा धेरै आरोही चुचुरो पुगेका थिए ।
प्रतिक्रिया 4