+

मिचेल स्टार्कले आईपीएलका बाँकी खेल नखेल्ने

२०८२ जेठ  २ गते १०:५९ २०८२ जेठ २ गते १०:५९
मिचेल स्टार्कले आईपीएलका बाँकी खेल नखेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिचेल स्टार्कले आईपीएल २०२५ का बाँकी खेलहरू नखेल्ने निर्णय गरेका छन्।
  • फाफ डु प्लेसिसको फर्कनेबारे अझै स्पष्टता आएको छैन र ट्रिस्टन स्टब्स लिग चरणसम्म खेल्नेछन्।
  • दिल्लीले मुस्ताफिजुर रहमानलाई अनुबन्ध गरेको भए पनि उनको सहभागिताबारे अन्योल रहेको छ।

२ जेठ, काठमाडौं । दिल्ली क्यापिटल्सका अस्ट्रेलियन पेस बलर मिचेल स्टार्कले आईपीएल २०२५ का बाँकी खेलहरू नखेल्ने निर्णय गरेका छन्। स्टार्कले आफ्नो फ्रेन्चाइजलाई बाँकी लिगमा सहभागी नहुने जानकारी गराएका हुन्।

यता दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिस फर्कनेबारे पनि अझै स्पष्टता आएको छैन। अर्का खेलाडी ट्रिस्टन स्टब्सले भने लिग चरणसम्म खेल्ने छन् भने त्यसपछि विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि स्वदेश फर्कने छन् ।

यसैबीच, दिल्लीले जेक फ्रेजर-मेगर्कको स्थानमा बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई अनुबन्ध गरेको छ। तर, मुस्ताफिजुरको सहभागिताबारे अन्योल देखिएको छ ।

मुस्ताफिजुर हाल युएईविरुद्धको टी२० शृङ्खलाका लागि शारजाहमा छन्।

मिचेल स्टार्क
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय