+
+
Shares

बैशाखमा १८ फिल्मले लिए निर्माण इजाजत, कसले कुन फिल्म बनाउँदैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १२:५१
गतवर्ष रिलिज भएको फिल्म ‘११ः५५’मा सृष्टि श्रेष्ठ । उनले अभिनय गर्न लागेको ‘द ब्लु लाइट’ले बैशाखमा निर्माण इजाजत लिएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैशाख महिनामा १८ वटा नयाँ फिल्मलाई निर्माण अनुमति दिइएको छ, जसमा चर्चित र नयाँ निर्माताहरू समावेश छन्।
  • निर्देशक सशान कँडेल, चन्द्र पन्त, खड्क बोहरा, विनोद पौडेल, उदय सुब्बा, बलिराम महतो, एभरेस्ट सूर्य बोहरा, शिव श्रेष्ठ, ऋषि लामिछाने र सुरज कटुवाल जस्ता निर्देशकहरूले नयाँ फिल्महरू बनाउने अनुमति प्राप्त गरेका छन्।
  • यी फिल्महरूमा विभिन्न कलाकारहरू जस्तै पदम तामाङ, सन्तोष बानियाँ, क्रिस्मत सिंह, विपना थापा, वर्षा सिवाकोटी, अर्पण थापा, सृष्टि श्रेष्ठ, शिव श्रेष्ठ, आङदावा शेर्पा, स्मारिका ढकाल, सरोज खनाल, अञ्जसा रिजाल र शान्तिदूत पाण्डेलाई समावेश गरिएको छ।

काठमाडौं । २०८२ सालको पहिलो महिना बैशाखमा १८ फिल्मले निर्माण इजाजत लिएका छन् । यसरी निर्माण अनुमति पाउने निर्मातामा कुनै चर्चित छन् भने कोही नयाँ छन् ।

अघिल्लो वर्षको हिट ‘होस्टेल ३’का निर्देशक सशान कँडेलले नयाँ फिल्म ‘जेनेरेसन : बाउ भर्सेस छोरा’को लागि निर्माण अनुमति लिएका छन् । कँडेलले नै निर्देशन गर्ने यो फिल्मको कलाकारमा पदम तामाङ र सन्तोष बानियाँ तय छन् ।

‘ह्रस्व दीर्घ’ फेम्ड निर्देशक चन्द्र पन्तले दुई नयाँ फिल्मको लागि निर्माण इजाजत लिएका छन् । ‘गुरु’ र ‘आ बाट आमा’ निर्माण गर्ने उनको तयारी छ ।

‘आ बाट आमा’मा क्रिस्मत सिंह र विपना थापालाई कलाकारको रुपमा चिनाइएको छ ।

खड्क बोहराले निर्देशत गर्ने फिल्म ‘कस्तुरी’मा वर्षा सिवाकोटी तय छिन् । धीरज अग्रवालले निर्माण गर्ने यो फिल्मले पनि बैशाखमा निर्माण इजाजत लिएको छ ।

सेभेन सिजन सिनेमाज प्रालिका विनोद पौडेलले आफ्नो निर्देशन र निर्माणमा फिल्म ‘दुई किनारा’को लागि निर्माण इजाजत लिएका छन् । उदय सुब्बाले फिल्म ‘तिमी नै’ बनाउँदैछन् ।

अर्पण थापा र सृष्टि श्रेष्ठलाई लिएर बलिराम महतोले फिल्म ‘द ब्लु लाइट’ बनाउने भएका छन् ।

एभरेस्ट सूर्य बोहराले ‘गुड लक भैरे’ निर्देशन र निर्माणको लागि इजाजत लिएका छन् । पाका कलाकार शिव श्रेष्ठले फिल्म ‘सिद्धार्थ’ निर्देशन गर्ने भएका छन् । बुद्ध हुनुअघिको कथा समेटिने यो फिल्मको कलाकारमा शिव श्रेष्ठ स्वयम र आङदावा शेर्पा निश्चित छन् ।

ऋषि लामिछानेले निर्देशन गर्ने नयाँ फिल्म ‘लेखान्त’ले पनि निर्माण इजाजत लिएको छ । यो फिल्ममा स्मारिका ढकाल, सरोज खनाल लगायतका कलाकार तय छन् ।

अञ्जसा रिजाल र शान्तिदूत पाण्डेलाई लिएर सुरज कटुवालले ‘काठमाण्डू कोरिडोर’ फिल्म बनाउँदैछन् । रिजालले अर्जुन कुमारले निर्माण गरेको फिल्म ‘सानो संसार’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?