+
+
Shares

उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दाहेर्दैमा

उच्च अदालत पोखराले रास्वपा सभापति रवि लामिछाने जोडिएको जिल्ला अदालत कास्कीको आदेश खारेजीको मागसम्बन्धी निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पोखराले रवि लामिछानेको मुद्दामा सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।
  • कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो, जुन उच्च अदालतले खारेज गर्न माग गरेको छ।
  • मुद्दाको सुनुवाइ क्रममा लामिछाने पक्षका वकिलहरूले सुनुवाइ स्थगित गर्न माग गरेपछि बहस सुरु भएको छ।

२ जेठ, काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको निवेदनको सुनुवाइ उच्च अदालत पोखराले हेर्दाहेर्दैमा राखेको छ ।

मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले हेर्दाहेर्दैमा राखेको हो ।

कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले गत २५ पुसमा लामिछानेलाई ६५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो । जिल्ला न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सो आदेश खारेजको माग गर्दै मुद्दाका दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दिएका थिए । लामिछानेले ६५ लाख धरौटी माग्ने आदेश खारेज गर्दै साधारण तारेखमा छाड्न तथा जिल्ला सरकारी वकिलको कार्यालय कास्की र जाहेरवालाहरूले धरौटीमा छाड्ने आदेश खारेज गरी पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन् ।

दुवै निवेदनमाथि बिहीबारबाट सुनुवाइ सुरु भएको हो । सुनुवाइ प्रारम्भ भएपछि लामिछाने पक्षका वकिलहरू वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ तथा अधिवक्ता सुरेन्द्र थापाले थुनामा रहेको पक्षलाई मुद्दाबारे जानकारी नै नदिई सुनुवाइ गरेको भन्दै इजलासमाथि प्रश्न उठाएका थिए ।

आफ्नो पक्षलाई कुनै जानकारी नै नदिई मुद्दाको पेशी तोकेको भन्दै उनीहरूले सुनुवाइ स्थगित गर्न माग गरेको थिए । जाहेरवालाहरूको तर्फबाट बहस गरेका कानुन व्यवसायीले भने त्यसको प्रतिवाद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?