+

बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-१९ च्याम्पियनसिपबाट बाहिरियो

२०८२ जेठ  २ गते १७:४१ २०८२ जेठ २ गते १७:४१
बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-१९ च्याम्पियनसिपबाट बाहिरियो

२ जेठ, काठमाडौं । नेपाल साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । साविक विजेता बंगलादेशसँग नेपाल २-१ ले पराजित हुँदै बाहिरिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि नेपालले दोस्रो हाफमा दुई गोल बेहोरेको हो ।

युपियास्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा बंगलादेशका लागि असिकुर रहमान र मोहम्म जोए अहमदले गोल गरे । नेपालका लागि सुजन डंगोलले एक गोल फर्काए ।

असिकुर रहमानले ७३औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । मोहम्मद जोए अहमदले ८१औं मिनेटमा गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारे ।

८७औं मिनेटमा सुजन डंगोलले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछि गोल थप्न नसक्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो ।

उपाधि जित्ने लक्ष्यसहित भारत पुगेपनि नेपालले यस पटक फाइनलमा समेत स्थान बनाउन सकेन ।

गत वर्ष घरेलु मैदानमा भएको साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँगै पराजित हुँदा उपविजेता बनेको थियो ।

बंगलादेशले अब उपाधिका लागि आजै हुने भारत खर माल्दिभ्सबीचको विजेतासँग फाइनल खेल्नेछ ।

साफ यू-१९ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय