
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘प्रतिवैरम’ नामक नयाँ नेपाली फिल्मको निर्माण काठमाडौँमा घोषणा गरियो।
- यो फिल्म मधेशको सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित हुनेछ।
- फिल्मको प्रदर्शन २०८२ सालको अन्त्यतिर हुने योजना छ।
काठमाडौँ । रोशन दासको निर्देशनमा नयाँ फिल्म ‘प्रतिवैरम’ निर्माण हुने भएको छ । शुक्रबार एक कार्यक्रमबीच निर्माणको औपचारिक घोषणा गरियो ।
मधेश केन्द्रित कथामा बन्न लागेको फिल्मको निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै यसको घोषणा गरेका हुन् । पोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देख्न सकिन्छ ।
मधेशबारे बन्ने फिल्ममा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै नपाइने निर्देशक दासले बताए । उनले फिल्मबारे भने, ‘हाम्रो सिनेमामा त्यो अभाव नहोस् भन्ने हिसाबले काम गरेका छौं ।’
दासका अनुसार यो फिल्म मधेश केन्द्रित रहेर सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित हुनेछ । फिल्मलाई रेज इन्टरटेनमेन्टले आत्रेय प्रोडक्सन हाउस, किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेमेन्टसँगको सहकार्यमा निमार्ण गर्न लागेको हो ।
फिल्मको कथा निर्देशक दास स्वयको छ भने पटकथा युवराज भट्टराईले लेखेका छन् । नीरज कँडेलले खिच्दै छन् । कलाकार भने केही समयमा सार्वजनिक गरिने दासले जनाए ।
उनले भने, ‘हामीले केही नयाँ र केही पुराना अग्रज कलाकारसँग यो परियोजनामा काम गर्दैछौं ।’ प्रदर्शन २०८२ सालको अन्त्यतिर गर्ने निर्माताको योजना छ ।
प्रतिक्रिया 4