+
+
Shares

सिंहदरबारमै बिजुली गएपछि मोबाइलको उज्यालोमा बैठक

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिररहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा हावाहुरी र पानी परिरहेको समयमा सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अबरुद्ध भएको छ।
  • बैठक मोबाइलको उज्यालोमा निरन्तरता दिइएको थियो।
  • अहिले शिक्षा विधेयकबारे छलफल भइरहेको छ।

२ जेठ, काठमाडौं । काठमाडौंमा हावाहुरीसहित पानी परिरहेका बेला सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अवरुद्ध भएको छ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको छ ।

बैठकमा सहभागी एक सांसद्का अनुसार, करिब ५ मिनेटअघिदेखि विजुली अबरुद्ध हुँदा मोबाइलको बत्ती बालेर बैठकलाई निरन्तरता दिइएको छ ।

अहिले उपसमितिमा शिक्षा विधेयकबारे छलफल भइरहेको छ । शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विधेयकलाई अघि बढाउन प्राथमिकता दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?