+
+
Shares

काठमाडौंमा मनाइयो साकेला उभौली

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • किरात राई समुदायले काठमाडौंमा साकेला उभौली पर्व मनाएका छन्। यस पर्वले बाली सप्रियोस् भन्ने आशय व्यक्त गर्दछ र मौलिक बाजा र नृत्यका साथ मनाइन्छ।
  • उभौली र उधौली पर्वले प्रकृतिको पूजा र अन्नबालीको सुरुवातलाई संकेत गर्दछ, जसले समुदायको धार्मिक विश्वासलाई दर्शाउँछ।
  • काठमाडौंको टुँडिखेलमा आयोजित यस पर्वमा विभिन्न किरात समुदायका सदस्यहरूले एकसाथ भाग लिएका थिए।

३ जेठ, काठमाडौं । काठमाडौंमा बस्दै आएका किरात राई समुदायले शनिबार साकेला उभौली मनाएका छन् ।

काठमाडौंमा उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई, सुनुवार, लिम्बू र याख्खा समूदायले टुँडिखेलमा सामूहिक रुपमा उभौली पर्व मनाएका हुन् ।

किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । वैशाख २९ गते बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व मनाइएपनि शनिबार भने टुँडिखेलमा साकेला उभौली उत्सवको आयोजना गरिएको हो ।

किरात मौलिक बाजा ढोल र झ्याम्टाका साथ प्रकृतिमा रहेका विभिन्न चरा–चुरुंगीहरुको नक्कलका साथ नृत्य गर्दै आपसमा खुसीयाली साट्दै मनाउने गरिन्छ ।

वैशाखे पूर्णिमामा अन्नबाली लगाउने सिजन सुरु हुने भएकाले बाली सप्रियोस् भन्दै पूजा गरी यो पर्व मनाइन्छ । प्रकृतिको पूजा गरे बाली सप्रने किरात राई समुदायको धार्मिक विश्वास रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?