+
+
Shares

प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले जापानसँगको मैत्री सम्बन्धको चर्चा गर्दै जलवायु परिवर्तन र पूर्वाधार विकासमा जापानको सहयोगको महत्व व्यक्त गरे।
  • जापानको उपविदेशमन्त्री इक्युुना आकिकोले नेपालको आर्थिक, शैक्षिक, र सांस्कृतिक क्षेत्रमा जापानको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरे।
  • भेटमा नेपाल र जापानबीच विभिन्न क्षेत्रमा सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो।

३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेका जापानका उपविदेशमन्त्री इक्युुना आकिकोले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापनबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायुु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युुनालाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले अनुुकूूल पूर्वाधार निर्माण, वातावरणी दिगोपना र विपद् जोखिम न्यूूनीकरणमा जापानी अनुुभव आफूहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

उपमन्त्री इक्युुनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै बहुुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताए ।

भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, पराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?