
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले काठमाडौंका दुई स्थानबाट १७ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।
- पक्राउ परेकाहरूमा घरधनी समेत रहेका ६६ वर्षीय भीम संगत र अन्य १० जना समावेश छन्, जसलाई नगद र ताससहित पक्राउ गरिएको हो।
- पक्राउ परेकाहरूलाई जुवातास खेल्ने क्रममा पक्राउ गरिएको र उनीहरूको साथबाट रकम र ताससहित पक्राउ परेको हो।
४ जेठ, काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंका दुई ठाउँबाट १७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगतसमेत ७ जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।
प्रतिक्रिया 4