+
+
Shares

भारतको हैदराबादमा आगलागी, ८ जनाको मृत्यु, १७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १३:४६
Photo Credit : Naveen Kumar

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हैदराबादको गुलजार हाउस भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ।
  • प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत घोषणा गरेको छ।
  • अग्नि विभागको टोली घटनास्थल पुगेको र घाइतेहरूलाई अस्पताल लगिएको जानकारी दिइएको छ।

काठमाडौं । भारतको हैदराबादमा एक भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

हैदराबादको चारमिनार नजिकै गुलजार हाउस भवनमा आगलागी भएको डीसीपी स्नेहा मेहरालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

तलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार अग्नि विभागको टोली घटनास्थल पुगेको र घाइतेहरूलाई गम्भीर अवस्थामा अस्पताल लगिएको उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?