+
+
Shares

वर्षा राउतले साइन् गरिन् ‘महाराजधिराज’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘महाराजधिराज’ मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन्।
  • फिल्मको निर्देशन परिच्छेद सेनले गर्नुभएको छ र यसलाई फूलपातीमा प्रदर्शन गरिनेछ।
  • यस फिल्मको निर्माण छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा हुँदैछ र प्रस्तुतकर्ता विराज बिष्ट हुन्।

काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन् । यो फिल्ममा कलाकारको लाइनअप तय हुने क्रम जारी छ । यस क्रममा राउत फिल्मसँग जोडिएकी हुन् ।

शीर्षमध्येको भूमिकामा यसअघि वर्षा सिवाकोटी पनि अनुबन्धित भैसकेकी छन् ।

रमेश उप्रेती, आर्यन सिग्देल, पल शाह पनि शीर्ष भूमिकामा जोडिएका छन् । यो फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।

यो फिल्म फूलपातीमा प्रदर्शन हुने जनाइएको छ । यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका सेनले पटकथा लेखेका छन् ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्तामा विराज बिष्ट छन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।

निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?