
५ जेठ, काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रीय अध्यक्षमा मुनु सिग्देल सर्वसम्मतिले चयन भएकी छन् ।
राजधानीमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनबाट सिग्देल केन्द्रीय अध्यक्ष चयन भएकी हुन् । संघको महासचिवमा राजेन्द्र लक्ष्मी गैरे चयन भएकी छन् ।
नेकपा एमालेबाट फुटेर २०७८ भदौमा एकीकृत समाजवादी बनेपछि अनेम संघ (समाजवादी) को अध्यक्ष जयन्ती राई बनेकी थिइन् । तर, राई पार्टीकै उपाध्यक्ष निर्वाचित भएकाले अनेम संघ समाजवादीको नेतृत्व छोडेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4