+
+
Shares

फुटबलर सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा चोक’ नामकरण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १२:२२
Photo Credit : APF

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ मा ‘साम्बा चोक’ नामकरण गरिएको छ, जसको उद्घाटन जेठ ५ मा गरिएको हो।
  • साम्बा चोकको नाम नेपाली महिला फुटबल टिम र नेपाल एपीएफ क्लबकी खेलाडी सावित्रा भण्डारीलाई सम्मानस्वरूप राखिएको हो, जसको तस्वीर सहित स्तम्भ पनि निर्माण गरिएको छ।
  • स्वदेश तथा विदेशमा चर्चित फुटबलर साम्बा भण्डारी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन् ।

५ जेठ, काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ ‘साम्बा चोक’ नामकरण गरिएको हो ।

सो स्थानमा सावित्राको तस्वीर अंकित ‘साम्बा स्तम्भ’ पनि निर्माण गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हबल्दार सावित्रा भण्डारी(साम्बा) स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबलर हुन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन् ।

साम्बा स्तम्भको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ्गले आज जेठ ५ गते उदघाटन गरे ।

उदघाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मर्स्याङ्दी  गाउँपालिका–९ का वडा अध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीयको उपस्थिति थियो ।

साथै कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी(साम्बा)का बुवा–आमालाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?