+

महिला क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाई

२०८२ जेठ  ५ गते १५:०७ २०८२ जेठ ५ गते १५:०७
महिला क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला क्रिकेट टोलीलाई बधाई र शुभकामना व्यक्त गरे।
  • नेपाली टोलीले पहिलोपटक महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेपछि ओलीले टिमको मेहनत र समर्पणको प्रशंसा गरे।
  • नेपाली महिला क्रिकेट टोलीले यूएईलाई हराएर २०२६ महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको हो।

५ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘नेपाली छोरीहरुलाई बधाई ! महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि ! २०२६ महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलोपटक प्रवेश गरेको छ। नेपालका लागि गर्वको क्षण हो। हार्दिक बधाई तथा शुभकामना!”

यो उपलब्धि नेपाली खेलकुद इतिहासमा महिला क्रिकेटका लागि एक महत्वपूर्ण मोड भएको भन्दै प्रधानमन्त्री ओलीले टिमको आत्मविश्वास, मेहनत र समर्पणको खुलेर प्रशंसा गरेका छन्।

त्यस्तै नेपाली काँग्रेसका नेता गगन थापाले पनि सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाइ दिएका छन् ।

नेपाली टोलीले आज मात्रै यूएईलाई हराएर महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको थियो ।

केपी शर्मा ‌ओली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय