+
+
Shares

‘जनै हराएको बाहुन’ ६ भदौमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते २२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को प्रदर्शन मिति ६ भदौ तय भएको हो।
  • सार्वजनिक टिजर पोस्टरले प्रदर्शन मिति खुलासा गरेको हो।
  • फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर र गौरव पहारीको मुख्य भूमिका छ।

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को प्रदर्शन मिति तय भएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै ६ भदौलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका हुन् ।

सार्वजनिक टिजर पोस्टरमार्फत प्रदर्शन मिति खुलासा गरिएको हो । पोस्टरमा गोधुली साँझमा एक व्यक्ति उडिरहेको जहाजतर्फ हेरिरहेका छन् ।

वैदेशिक रोजगारीको कथावस्तुमा बनेको यो फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर र गौरव पहारीको शीर्ष भूमिका छ । यो फिल्म अहिले पोस्ट–प्रोडक्सनमा छ ।

हिमाल न्यौपाने निर्देशित फिल्मलाई काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको हो । गाउँदेखि सहर आएका एक व्यक्तिले भोग्नुपरेका कथा र यसले उनको जीवनमा आउने परिवर्तनको कथा भन्छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा पेश गर्छ ।

एसोसिएट निर्देशकमा मनीष राउत छन् । पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?