+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रविको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा, दोस्रो नम्बरमा पेशी

दोस्रो नम्बरमै परेकाले सुनुवाइको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतमा रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनवाइ तोकिएको छ।
  • सहकारी प्रकरणमा थुनामा रहेका लामिछाने र छविलाल जोशीको मुद्दा सुनुवाइको तयारी भइरहेको छ।
  • पछिल्लो पटक पेशी नभएको कारण सुनुवाइ हुन सकेको थिएन, अब दोस्रो पटक पेशी भएको छ।

६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ ।

सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको छैन ।

मंगबार भने दोस्रो नम्बरमै पेशी परेकाले सुनुवाइको पालो आउने सम्भावना रहेको छ । उनीसँगै सहकारी प्रकरणमा थुनामै रहेका पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?