
News Summary
Generated by OK AI. Editorially reviewed.- अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दिएको दरपीठविरुद्धको निवेदन मंगलबारको लागि पेशी तोकिएको छ।
- सरकारले अर्थशास्त्री विश्व पौडेललाई राष्ट्र बैंकको गर्भनर बनाउन लागेको र उनी अयोग्य रहेको दाबी गरी सर्वोच्च अदालतमा निवेदन दिएको थियो।
- न्यायाधीश सपना प्रधान मल्लको इजलासमा दरपीठको निर्णय खारेज गर्न र निवेदन दर्ता गर्न माग गरिएको छ।
६ जेठ, काठमाडौं । विश्व पौडेललाई गभर्नर नबनाउन भन्दै दिइएको रिट दरपीठ (दर्ता नभएको) विरुद्धको निवेदन सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दिएको दरपीठविरुद्धको निवेदनको पेशी मंगलबारका लागि न्यायाधीश मल्लको इजलासमा पेशी तोकिएको हो । उनीहरूले दरपीठको निर्णय खारेज गर्दै निवेदन दर्ता हुनुपर्ने माग गरेका छन् ।
सरकारले अर्थशास्त्री पौडेललाई राष्ट्र बैंकको गर्भनर बनाउन लागेको तर त्यसका लागि उनी अयोग्य रहेको दाबी गर्दै सर्वोच्चमा दिएको निवेदन दरपीठ भएपछि उनीहरू त्यसविरुद्ध निवेदन लिएर पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4