
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘हिमालय रोडिज’ सातौं सिजनको अडिसन २६ जुनसम्म खुला भएको छ र काठमाडौं, पोखरा, बुटवल, हेटौंडा र धरानमा आयोजना हुँदैछ।
- इच्छुकले भिडियो इन्ट्रो र उद्देश्य उल्लेख गर्नुपर्ने निर्देशक सिमोस सुनुवारले बताए र आवेदन अनलाइन र फिजिकल माध्यमबाट गर्न सकिन्छ।
- अडिसनमा महिला सहभागिता बढी हुनुपर्ने र नयाँ संस्करणमा महिला विजेता हुने अपेक्षा व्यक्त गरिएको छ।
काठमाडौं । प्रतीक्षित टिभी रियालिटी शो ‘हिमालय रोडिज’ सातौं सिजनको अडिसन खुला भएको छ । इच्छुकले २६ जुनसम्म आवेदन दिन सक्ने जनाइएको छ ।
जुन २६ देखि काठमाडौं, पोखरा, बुटवल, हेटौंडा र धरानमा अडिसन टूरको आयोजना हुँदैछ । इच्छुकले हिमालय टिभीको वेबसाइट र एप, प्रोमोमा उल्लेख भएका ह्वाट्सएप, भाइबर र टेलिग्राम नम्बर र पाँच सहरमा आयोजना हुने फिजिकल अडिसनमा सीधै पुगेर पनि आवेदन दिन सक्नेछन् ।
यसका लागि आफूले रोडिजमा भाग लिन चाहेको उद्देश्य लगायतका भिडियो इन्ट्रो पेश गर्नुपर्ने निर्देशक सिमोस सुनुवारले बताए ।
अडिसनबारे उनले भने, ‘इच्छुकले आफ्नो बारेमा भिडियो बनाउनुपर्यो । रोडिजमा किन सहभागी हुन चाहेको हो, त्यो खुलाउनुपर्यो । उहाँहरूले यो कुराबाट हामीलाई इम्प्रेस पार्नुपर्यो । त्यो मान्छेसँग कथा हुनुपर्यो । त्यो हिसाबमा अघि आउनुहुन्छ भने हामीलाई छान्न सजिलो हुन्छ ।’
गतसाता रोडिजले अडिसन आह्वान गरेको थियो भने एक महिनासम्म आवेदन दिन सकिनेछ । आफूहरू महिला सहभागिता धेरैभन्दा धेरै होस् भन्ने पक्षमा रहेको निर्देशक सुनुवारले बताए । ‘कतिपयले बलिया मान्छेलाई मात्र लिएको भन्नुहुन्छ । त्यस्तो होइन । १०० जनामा ७० जना बलिया आउँदा, त्यस्तो देखिएको हो’ उनले भने ।
आफू नयाँ संस्करणमा महिला विजेता हुनुपर्ने पक्षमा रहेको सिमोसले बताए । ‘महिलाहरु धेरै मात्रामा आउनुपर्यो । सकेसम्म आधा केटा र आधा केटीको प्रतिनिधित्व भएमा राम्रो’ उनले भने, ‘यो सिजनमा फिमेल विजेता पाइन्छ कि भन्ने आशा छ ।’
सातौं सिजनमा ग्याङ लिडरको रुपमा दीया मास्केलाई देख्न पाइनेछैन । निर्देशक सुनुवारले दीया यो सिजनमा नदेखिने पुष्टि गरे । प्रियंका कार्की, अनुपविक्रम शाही र आशिष रानाले भने निरन्तरता पाउने उनले बताए । ‘प्राविधिक कारणले गर्दा दीया म्यामलाई ग्यापमा राखेका छौं’ उनले भने, ‘३ जनालाई मात्र लिएर पनि शो हुनसक्छ ।’
हिमालय रोडिज युवापुस्तामाझ चर्चित टिभी शो हो ।
प्रतिक्रिया 4