+

ब्याडमिन्टनका निर्णायक कृतन र मन्दिराको स्तरोन्नति

२०८२ जेठ  ६ गते १४:४० २०८२ जेठ ६ गते १४:४०
ब्याडमिन्टनका निर्णायक कृतन र मन्दिराको स्तरोन्नति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्याडमिन्टन एसियाले कृतन खड्का र मन्दिरा न्यौपानेलाई स्तरोन्नति गरेको छ।
  • कृतनले अप्रिलमा भएको च्याम्पियनसिपमा निर्णायक परिक्षामा उत्तीर्ण भई सर्टिफाईड अम्पायर बने।
  • मन्दिराले जुलाई २०२४ मा भएको परिक्षामा उत्तीर्ण भई नेपालबाट दोस्रो महिला एक्रिडिटेड अम्पायर बनिन्।

६ जेठ, काठमाडौं । नेपाली ब्याडमिन्टनका निर्णायकद्वय कृतन खड्का र मन्दिरा न्यौपानेको ब्याडमिन्टन एसियाले स्तरोन्नति गरेको छ ।

ब्याडमिन्टन एसियाले कृतनलाई एक्रिडिटेड अम्पायरबाट सर्टिफाईड अम्पायर र मन्दिरालाई रिजनल अम्पायरबाट एक्रिडिटेड अम्पायरमा स्तरोन्नति गरेको हो ।

कृतनले चाईनाको निङ्गबो सहरमा अप्रिलमा आयोजना भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिप २०२५ का दौरान ब्याडमिन्टन एशियाद्वारा लिएको निर्णायक परिक्षामा आफुलाई अब्बल कायम गर्दै सर्टिफाईड अम्पायरमा स्तरोन्नति गरेका हुन् ।

नेपालबाट कृतनका साथ दीपक थापा र ओम बिक्रम राना गरि तीन सर्टिफाईड अम्पायर भएका छन् ।

यस्तै नेपालमा आयोजना भएको दक्षिण एसियाली जुनियर च्याम्पियनसिपका दौरान भएको परीक्षा मार्फत रिजनल अम्पायरमा उत्तीर्ण भएकी सशस्त्र प्रहरी बलमा कार्यरत मन्दिराले आफुलाई अझ उचाईमा पुर्‍याउने क्रममा जुलाई २०२४ मा इन्डोनेशियामा आयोजना भएको एशिया जुनियर च्याम्पियनसिपका दौरान ब्याडमिन्टन एसियाले लिएको एक्रिडिटेड परिक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् ।

उनी नेपालबाट एक्रिडिटेड अम्पायर हुने दोस्रो महिला हुन् । यसअघि बाँकेकी समन इकवालले उक्त परिक्षा उत्तीण गर्दै नेपालबाट पहिलो एक्रिडिटेड महिला ब्याडमिन्टन निर्णायकको रुपमा परिचय गराएकी थिईन् ।

नेपाल बाट मन्दिरा, इकबाल र सुमित शाक्य गरी तीन एक्रिडिटेड अम्पायर भएका छन् ।

कृतन खड्का ब्याडमिन्टन निर्णायक मन्दिरा न्यौपाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय