+
+
Shares

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १५:३१
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन्।
  • उनी विद्युतीय अपराध कसुरमा पक्राउ परेका हुन् । उनलाई रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
  • उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ।

६ जेठ, रुपन्देही । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।

उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि उनी केही दिन फरार भएका थिए ।

आज भने उनी आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले बताए । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।

यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप उनीमाथि लागेको छ ।

चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?