
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसनले ‘मोबिलिटी एक्स्पो’ आयोजना गर्ने घोषणा गरेको छ।
- एक्स्पोको लागि ४४ स्टल व्यवस्थापन भए पनि ४८ निवेदन परेको र थप स्टल आवश्यक परेको नाइमाले जनाएको छ।
- एक्स्पो २१ देखि २५ साउनसम्म भृकुटीमण्डपमा आयोजना हुनेछ, जसमा विभिन्न ब्रान्डका सवारी साधन सहभागी हुनेछन्।
६ जेठ, काठमाडौं । नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक ‘मोबिलिटी एक्स्पो’ गर्ने भएको छ ।
२१ देखि २५ साउनसम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुन लागेको हो । भृकुटीमण्डपमा हुने एक्स्पोका लागि ४४ स्टलको व्यवस्थापन भए पनि हालसम्म ४८ स्टल बुकिङको निवदेन परेको नाइमाले जनाएको छ । जसका कारण स्टल थप गर्र्नुपर्ने अवस्था समेत आएको छ ।
मोबिलिटी एक्स्पोमा ४ पाङ्ग्रे ब्रान्डहरू बीवाईडी, सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, कार्र्ई, किया, लिप मोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेक्को, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जिकर सहभागी हुनेछन् ।
यस्तै दुई पाङ्ग्रे सवारी साधनमा एम्पिएर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरे, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रेभोल्ट, रोयल इनफिल्ड, सेगवेनाइनबट, सुजुकी ट्रियुम्फ, टीभीएस, अल्ट्राभायलेट, यद्दा, जेइयो ब्रान्ड छन् ।
यस्तै कमर्सियल गाडीमा चेरीवान्दा, डोङफेङ, फरिजोन, हुवाजी, कामा, कारे, किङलङ, सनलङ जस्ता ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले गर्दै आएको नाडा अटो शोको काउन्टरमा भर्खरै खुलेको नाइमाले मोबिलिटी एक्स्पो गर्न लागेको हो ।
प्रतिक्रिया 4