+
+
Shares

चितवनमा स्विमिङ पुलमा युवकको मृत्यु, अनुसन्धानका लागि साथीहरू पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते ८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टको स्विमिङ पुलमा २५ वर्षीय लोकेश महतोको मृत्यु ।
  • महतो आफ्ना साथीहरूसँग गएका थिए र पुलबाट उद्धार गरी पुरानो मेडिकल कलेज ल्याइयो तर चिकित्सकले मृत घोषणा गरे ।
  • प्रहरीले घटनाको अनुसन्धानका लागि साथीहरूलाई नियन्त्रणमा लिएको छ ।

७ जेठ, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टको स्विमिङ पुलमा एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतो आफ्ना १० जना साथीहरूसँग म‌गलबार साँझ ६ बजेतिर रिसोर्टमा गएका थिए । त्यहीँ खाजा खाइसकेपछि उनले स्विमिङ पूलमा नुहाउन गएका थिए ।

लामो समयसम्म नफर्किएपछि साथीहरूले खोज्दा स्विमिङ पुलको पानीमा तैरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनलाई उद्धार गरी राति साढे १२ बजे उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिङबाट टोली खटिएको थियो।

प्रहरीले आवश्यक अनुसन्धानका लागि मृतक महतोसँगै गएका साथीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे आफन्तलाई जानकारी गराएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नियन्त्रणमा लिइएका महतोका साथीहरु

१. सुमन थापा (२२), भरतपुर–२२

२. प्रविण घिमिरे (२६), भरतपुर–२२

३. आदेश सुबेदी (२६), भरतपुर–१३

४. आशिष शर्मा (२९), भरतपुर–१४

५. मेघलाल चुंडाल (५७), काठमाडौं-२२  जोरपाटी

६. दिपेश महत्तो (२६), भरतपुर–२२

७. शुबु खत्री (१९), भरतपुर–२२

८. नारायण बस्नेत (२६), सुन्दरबजार–१, लमजुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?