
प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यटन विभागले जानकारी दिए अनुसार, ४ जेठमा ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा भारतीय आरोही राकेश कुमारको मृत्यु भयो।
- उनले ४ वैशाख २०८२ मा आरोहण अनुमति प्राप्त गरेका थिए ।
- विभागले राकेशको शव काठमाडौं ल्याउन सम्बन्धित एजेन्सीसँग समन्वय गरिरहेको जानकारी दिएको छ।
७ जेठ, काठमाडौं । ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा एक भारतीय आरोहीको निधन भएको छ ।
जारी वसन्त ऋतुको आरोहण सिजनमा ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा ल्होत्से फेसको एल्लो ब्यान्ड रिजन नजिक ४० वर्षिय राकेश कुमारको मृत्यु भएको पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीले जानकारी दिएका छन् ।
विभागका अनुसार उनको ४ जेठका दिन मृत्यु भएको हो । उनले ल्होत्से हिमाल आरोहण गर्न ४ वैशाख २०८२ का दिन एट के एक्स्पिडिसनबाट आरोहण अनुमति लिएका थिए ।
विभागले मृत शरीर काठमाडौं ल्याउन सम्बन्धित एजेन्सीसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । अहिले हिमाल आरोहण जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4