News Summary
Generated by OK AI. Editorially reviewed.- युसिआई पम्प ट्रयाक वर्ल्ड च्याम्पियनसिप २०२५ को नेपाल क्वालिफायर यही जेठ १७ गते
- प्रतियोगितामा एलिट देखि मास्टर्स, जुनियर्स, युथ र किड्स विधामा प्रतिस्पर्धा हुनेछ । नेपाल, जापान, भारत, भुटान, अस्ट्रेलियाका गरी १२० खेलाडीहरुको सहभागिता रहनेछ ।
- महिला र पुरुष दुवैमा शीर्ष २-२ खेलाडीले स्विट्जरल्याण्डमा हुने विश्व च्याम्पियनसिपमा स्थान बनाउनेछन् ।
७ जेठ, काठमाडौं । भेलोसोलुसन्स युसिआई पम्प ट्रयाक वर्ल्ड च्याम्पियनसिप २०२५ को नेपाल क्वालिफायर यही जेठ १७ गते (मे ३१) मा हुँदैछ ।
एक दिने छनोट प्रतियोगिता ललितपुरको पम्प ट्रयाकमा हुने बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
जेरो लेभल एमटिभी स्कुल र हिमालयन सिंगल ट्रयाकले ललितपुर वडा नम्बर १ र ललितपुर महानगरपालिकासँग मिलेर उक्त प्रतियोगिता आयोजना गर्दैछ ।
प्रतियोगितामा एलिट देखि मास्टर्स, जुनियर्स, युथ र किड्स विधामा प्रतिस्पर्धा हुनेछ । एलिट मुख्य विधाको रुपमा रहनेछ ।
प्रतियोगितामा नेपाल, जापान, भारत, भुटान, अस्ट्रेलियाका गरी १२० खेलाडीहरुको सहभागिता रहनेछ ।
एलिट महिला र पुरुष दुवै विधामा शीर्ष २-२ खेलाडीले स्वीट्जरल्याण्डमा हुने युसिआई पम्प ट्रयाक वर्ल्ड च्याम्पियनसिपमा स्थान बनाउनेछन् । वर्ल्ड च्याम्पियनसिपको फिनाले आगामी सेप्टेम्बर ५ मा स्वीट्जरल्याण्डको मोन्टेमा हुनेछ ।
यस वर्ष विश्वभर कूल २० वटा छनोट प्रतियोगिता हुनेछ । जस अन्तर्गत नेपालमा पम्प ट्रयाकको छनोट प्रतियोगिता पहिलो पटक हुन लागेको हो । यस वर्ष अमेरिकामा तीन छनोट प्रतियोगिता हुँदैछ ।
यस प्रतियोगिताको अन्तर्राष्ट्रिय आयोजकको रुपमा भेलोसोलुसन्स रहेको छ । जसले सन् २०२२ मा ललितपुरमा पम्प ट्रयाक निर्माणमा पनि सहयोग गरेको थियो ।
पम्प ट्रयाक रेसिङ एक छिटो र रमाइलो साइक्लिङ खेल हो । जहाँ विशेष रुपमा बनाइएको ट्रयाकमा व्यक्तिगत प्रतिस्पर्धा हुनेछ । यसमा खेलाडीहरुले विशेष रुपमा बनाइएको ट्रयाकमा प्याडल नगरी आफ्नो तौलको चाल प्रयोग गरेर पम्प गर्दै रेस अगाडि बढाउने गर्छ ।
प्रतिक्रिया 4