News Summary
Generated by OK AI. Editorially reviewed.- सगरमाथाको सफल आरोहण गरेकी कराते खेलाडी तथा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ।
- उनीले नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर सगरमाथा चुचुरोमा पुर्याएकी थिइन्।
७ जेठ, काठमाडौं । सगरमाथाको सफल आरोहण गर्न सफल कराते खेलाडी तथा नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ ।
उनलाई प्रहरी महानिरीक्षक दिपक थापाको निर्णय अनुसार प्रहरी नायब निरीक्षक (सई)पदमा विशेष बढुवा गरिएको हो ।
बाैद्ध डोजोकी उनले नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर सगरमाथा चुचुरोमा पुर्याएकी थिइन् ।
यस्तै १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठको तस्विर तथा ‘महिलाविरुद्धको हिंसालाई अन्त्य गरौं!’ भन्ने नारासहितको ब्यानर पनि पनि सगरमाथाको चुचुरोमा पुर्याएकी थिइन् ।
प्रतिक्रिया 4