+

लाङटाङ ट्रेल रन जेठ २४ गते हुने

२०८२ जेठ  ८ गते १५:२८ २०८२ जेठ ८ गते १५:२८
लाङटाङ ट्रेल रन जेठ २४ गते हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लाङटाङ ट्रेल रन आयोजना आगामी जेठ २४ मा हुनेछ।
  • प्रतियोगितामा १०० सहभागीको लक्ष्य र पुरस्कार व्यवस्था गरिएको छ।
  • कार्यक्रमले लाङटाङ क्षेत्रलाई पर्यटन र म्याराथन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य राखेको छ।

८ जेठ, काठमाडौं । २०७२ को भूकम्प र कोभिड–१९ महामारीका कारण प्रभावित लाङटाङ क्षेत्रको पर्यटन पुनर्जीवनका लागि ‘लाङटाङ ट्रेल रन’ आयोजना हुने भएको छ। साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यो दौड प्रतियोगिता आगामी जेठ २४ गते सञ्चालन हुनेछ।

३२ किलोमिटर दूरीको यो दौड ३,८४० मिटरमा रहेको क्याङ्जिन गुम्बा  बाट सुरु भएर स्याफ्रुबेसीमा सम्पन्न हुनेछ। आयोजकले स्वदेशी तथा विदेशी गरी १०० जना सहभागी गराउने लक्ष्य राखेका छन् भने कम्तीमा ५० जनाको सहभागिता हुने पक्का गरेको छ।

प्रतियोगितामा सहभागी हुन चाहनेले जेठ २० गतेसम्म वेबसाइटमार्फत फाराम भर्नुपर्नेछ। नेपाली सहभागीका लागि शुल्क ३५०० रुपैयाँ र विदेशीका लागि ६० अमेरिकी डलर तोकिएको छ।

प्रतियोगितामा महिला र पुरुष दुवैका लागि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ। विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। पहिलो स्थान प्राप्त गर्नेले १ लाख रुपैयाँ, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले २५ हजार र पाँचौंले १५ हजार पुरस्कार प्राप्त गर्नेछन्।

कार्यक्रम बागमती प्रदेश पर्यटन मन्त्रालयको आयोजनामा, रसुवा–नुवाकोट पर्यटन समाजको सह–आयोजनामा र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सञ्चालन हुनेछ।

यस प्रतियोगितामार्फत लाङटाङ क्षेत्रलाई पदयात्रा मात्र नभई म्याराथन तथा ट्रेल रन गन्तव्यका रूपमा पनि स्थापित गर्ने लक्ष्य राखिएको छ। आयोजकहरूले यस अभियानले स्थानीय पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेका छन्।

कार्यक्रम तालिका:

जेठ २०: काठमाडौंदेखि स्याफ्रुबेसी हुँदै दोभानसम्म गाडीमा यात्रा, त्यसपछि दोभानदेखि बम्बुसम्म पैदल यात्रा।

जेठ २१: बम्बुबाट लाङटाङसम्म पैदलयात्रा।

जेठ २२: लाङटाङदेखि क्याड्र्जिन गुम्बासम्म पदयात्रा।

जेठ २३: क्याङ्जिन गुम्बामा दौडका लागि तयारी तथा लेक पचाउने कार्य।

जेठ २४: मुख्य दौड – क्याङ्जिन गुम्बाबाट स्याफ्रुबेसीसम्म ३२ किलोमिटर ट्रेल रन।

जेठ २५: स्याफ्रुबेसीबाट काठमाडौं फर्किने।

लाङटाङ ट्रेल रन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय