+
+
Shares

बैंकिङले उचाल्यो सेयर बजार, घट्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंकिङ सेक्टर ३.८२ प्रतिशत वृद्धि भएपछि नेप्से सूचक १९.०४ अंकले बढ्यो।
  • कारोबार रकम १० अर्ब ६९ करोडबाट ९ अर्ब ८२ करोडमा घट्यो।
  • अधिकांश समूह घट्दा पनि परिसूचकमा वृद्धि देखियो।

८ जेठ, काठमाडौं । बिहीबार बैंकिङ सेक्टरले सेयर बजारलाई उचालेको छ । धेरैजसो सेक्टर घटे पनि बैंकिङ सबैभन्दा धेरै ३.८२ प्रतिशत बढेपछि समग्र परिसूचक नेप्से बढेको हो ।

अघिल्लो दिनको तुलनामा नेप्से १९.०४ अंक बढेको छ । सो वृद्धिपछि २६८८ मा कायम भएको छ । दिउँसो १२ : ४३ बजे नेप्से २७०५ अंकसम्म पुगे पनि अन्ततः २७ सयमाथि टिक्न सकेन ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ६९ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८२ करोडमा खुम्चियो ।

१०४ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने एउटाको स्थिर रह्यो । बैंकिङ सेक्टरका अलवा आज माइक्रोफाइनान्स २.५८ प्रतिशत बढ्यो । निर्जीवन बीमा स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.६० प्रतिशत घट्यो । त्यस्तै विकास बैंक ०.२३, फाइनान्स ०.४६, हाइड्रोपावर १.१०, लगानी ०.३९, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.३८, अन्य ०.१३ र व्यापार ०.८१ प्रतिशत घटे ।

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । एनआईसी एसिया बैंकको ७.८, फरवार्ड माइक्रोफाइनान्सको ७.१५, ग्लोबल आईएमई बैंकको ६.१२ तथा कुमारी बैंकको ६.०६ प्रतिशत मूल्य बढ्यो ।

बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, कुमारी बैंक, युनिभर्सल पावर र माउन्टेन इनर्जी रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?