+
+
Shares

‘के घर के डेरा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘के घर के डेरा : घर नं २’को ट्रेलर युट्युब ट्रेन्डिङको पाँचौं स्थानमा छ।
  • फिल्म रिलिजपछि सकारात्मक प्रतिक्रिया र दर्शकको राम्रो साथ पाएको छ।
  • निर्देशक दीपेन्द्र के खनाल र कलाकारहरूले प्रशंसा पाएका छन्।

काठमाडौं । फिल्म ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ ।

फिल्म रिलिजपछि ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको फिल्म सकारात्मक ‘वर्ड अफ माउथ’सँगै प्रदर्शनरत छ ।

अफ टाइमका शो मा पनि दर्शकको राम्रो साथ पाएको वितरक करण श्रेष्ठले बताए । ‘दिन प्रतिदिन अकुपेन्सी बढ्दै गएको छ । हाम्रो चलचित्रको जनरा र विषयअनुसार दर्शकको साथ पाउँदै गएको छ’ श्रेष्ठले भने ।

कथासँगै अभिनयको दर्शकले प्रशंसा गरिरहेको निर्माणपक्षले दाबी गरेको छ । पटकथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् ।

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासनासिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टको अभिनय छ ।

यो फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको छायांकन रहेको फिल्मको कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?