+
+
Shares

मनसुनजन्य जोखिम न्यूनीकरणको तयारी गर्न संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय समितिले मनसुनजन्य विपद् जोखिम न्युनिकरण र तयारीका लागि निर्देशन दिएको छ।
  • बैठकले आगलागी, भूकम्प, र मनसुनजन्य विपद् लगायत जोखिमहरूलाई मध्यनजर गर्दै तयारी गर्न निर्देशन दिएको हो।
  • समितिले जोखिम व्यवस्थापनमा तहगत सरकार र अन्तरमन्त्रालयको समन्वय राख्न सुझाव दिएको छ।

८ जेठ, काठमाडौं । संसदीय समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न तीन तहकै सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समन्वयकारी भुमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्युनिकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न निर्देशन दिएको हो ।

समितिको तर्फबाट निर्देशन दिँदै सभापति सोनाम गेल्जेन शेर्पाले बैठकले आगलागी, भूकम्प, मनसुनजन्य विपद् लगायत भविष्यमा हुनसक्ने अन्य विपद् जोखिम न्युनीकरणका लागि तयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।

बैठकले जोखिम न्यूनीकरण, प्रतिकार्य र विपद् पूर्णलाभ कार्यहरु तहगत सरकार एवं अन्तरमन्त्रालय समन्वय तथा सहकार्य कायम राख्दै सामाजिक परिचालनमार्फत समेत विपद व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?