+

टी-२० अभ्यास खेलमा ग्लोसेस्टरशायरमाथि नेपालको सहज जित

२०८२ जेठ  ८ गते १९:४८ २०८२ जेठ ८ गते १९:४८
टी-२० अभ्यास खेलमा ग्लोसेस्टरशायरमाथि नेपालको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले युकेमा भएको टी-२० अभ्यास खेलमा ग्लोसेस्टरशायरलाई ७३ रनले हरायो।
  • नेपालले १९५ रनको लक्ष्य दिएको थियो ।
  • नेपालले यसपछि अर्को टी-२० खेल पनि खेल्ने छ।

८ जेठ, काठमाडौं । स्कटल्याण्डमा हुने लिग २ र टी-२०आई शृंखलाअघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले बिहीबार ग्लोसेस्टरशायरसँगको टी-२० अभ्यास खेलमा सहज जित निकालेको छ ।

नेपालले ग्लोसेस्टरशायरको दोस्रो रोजाइको टिमलाई लाई ७३ रनले हराएको हो । नेपालले दिएको १९५ रनको लक्ष्य पछ्याएको ग्लोसेस्टरशायर १७.३ ओभरमा १२१ रनमा अलआउट भयो ।

जेम्स मात्राभर्सले सर्वाधिक ३७ रन बनाए । नेपालका नन्दन यादव, सन्दीप लामिछाने र बसिर अहमदले २-२ विकेट लिए भने रिजन ढकाल, करण केसी, सोमपाल कामी र कुशल भुर्तेलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९४ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए । ३० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै रोहित पौडेलले ३५, दिपेन्द्रसिंह ऐरीले ३२ र अनिल साहले २९ रन बनाए । आरिफ शेख ९ बलमा २२ रनमा अविजित रहँदै फिनिसिङ क्यामिओ खेले ।

ग्लोसेस्टरशायरका लागि डेभिड पेन र अमन राओले २-२ विकेट लिए । डारुश अहमद र अहमद साइदले १-१ विकेट लिए ।

नेपालले यही टोलीसँग फेरि केहीबेरमा अर्को टी-२० खेल्ने तय छ ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय