+
+
Shares

हिमपहिरोले तिलगाउँको ५ करोड क्षति

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल भाँसिदा पाँच करोड क्षति भएको छ।
  • गाउँपालिकाले ५ वटा काठेपुल, जमिन, सिँचाई, खानेपानी र जलविद्युत् क्षतिग्रस्त भएको पुष्टि गरेको छ।
  • १५ घर चर्किएका र १९ घरधुरी त्रिपालमुनि रहेका छन्।

८ जेठ, हुम्ला । हिमताल भासिएर आएको हिमपहिरोका कारण नाम्खा गाउँपालिका–६ तिलगाउँमा ५ करोड क्षति भएको छ ।

५ हजार ३ सय मिटर उचाईमा रहेको हिमताल भाँसिदा तिल गाउँको ५ करोड हाराहारी क्षति भएको हो।

५ वटा काठेपुल, ५०/५५ हेक्टर जमिन ४ वटा सिँचाई कुलो खानेपानी र १५ किलोवाटको लघु जलविद्युत् गरी ५ करोड हारहारी क्षति भएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण पाध्यायले जानकारी दिए ।

गाउँपालिकाबाट खटिएको उपाध्यक्ष तक्दिर लामा र गाउँपालिका कर्मचारीहरू टोलिबाट क्षतिको एकिन गरेको पाध्यायले बताए ।

१ करोड भन्दा बढीको लघु जलविद्युत् र सिँचाई कुलो काठेपुल क्षति भएको प्रमुख अधिकृत पाध्यायको भनाइ छ । १५ वटा घर चर्किएका छन् १९ घरधुरी त्रिपालमुनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?