
८ जेठ, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटी माग गर्ने आदेश भएको छ ।
बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई धरौटी माग गर्ने आदेश गरेको हो ।
हाल बागलुङ कारागारमा रहेका मेयर नेपालीलाई २० लाख धरौटी माग गर्ने आदेश भएको हो ।
नेपालीलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउने आदेश दिएको थियो ।
तर, उनी धरौटी बुझाएर मा रिहा भइसकेका छैनन् । नेपालीले सूर्यदर्शन छाडेर इमेज सहकारी खोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4