+
+
Shares

सान्भी इनर्जीको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते ९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वसाधारणका लागि सान्भी इनर्जीको आईपीओमा शुक्रबारदेखि आवेदन खुल्यो।
  • कम्पनीले ३७ लाख ९० हजार कित्ता सेयर जारी गर्न लागेको हो।
  • कम्पनीले सञ्चालन गरिरहेको जलविद्युत् आयोजना र वित्तीय विवरणहरू उल्लेख गरिएका छन्।

९ जेठ, काठमाडौं । सर्वसाधारणका लागि सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट गरिसकेपछि आम सर्वसाधारणका लागि शुक्रबारदेखि आवेदन खुलेको हो ।

सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि १३ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।

कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये म्युचुअल फन्ड, प्रभावित स्थानीय, कर्मचारी, वैदेशिक रोजगारमा रहेकालाई छुट्याएपछि सर्वसाधारणमा २४ लाख १५ हजार ३ सय कित्ता सेयर जारी हुन लागेको हो ।

कस्तो छ कम्पनी ?

यस कम्पनीले इलामको सूर्योदय नगरपालिकामा जोगमई खोलामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाबाट कम्पनीले आम्दानी गरिरहेको छ । जसको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ ।

साथै कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना बनाएको छ । निर्माणाधीन अवस्थामा रहेको यो आयोजनाको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ ।
केयर रेटिङ्सबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ । जुन रेटिङले जोखिम मध्यमस्तरमा रहेको जनाउँछ ।

गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा छ भने १२ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?