News Summary
Generated by OK AI. Editorially reviewed.- प्रिटी जिन्टाले आईपीएल टिम पञ्जाब किङ्सको बैठक अवैध भएको भन्दै चण्डीगढको अदालतमा मुद्दा दायर गरेकी छन्।
- उनीले मोहित बर्मन र नेस वाडियाविरुद्ध कानुनी बाटो खोजेकी हुन् ।
- दुईको प्रतिक्रिया अहिलेसम्म आएको छैन ।
९ जेठ, काठमाडौं । आईपीएल टिम पञ्जाब किंग्सकी सह-मालिक तथा बलिउड अभिनेत्री प्रीति जिन्टाले आफ्ना सह-निर्देशक मोहित बर्मन र नेस वाडियाविरुद्ध चण्डीगढको अदालतमा मुद्दा दायर गरेकी छिन्।
यो मुद्दा अप्रिल २१ मा भएको एक विशेष साधारण सभाको वैधतालाई चुनौति दिँदै दर्ता गरिएको हो। मोहित बर्मन र नेस वाडिया केपीएच ड्रीम क्रिकेट प्रा. लि. का निर्देशक हुन्, जसले आईपीएल टिम पञ्जाब किङ्सको स्वामित्व लिन्छ।
जिन्टाको अनुसार उक्त बैठक कम्पनी ऐन २०१३ र अन्य कानुनी प्रक्रिया अनुसार नगरी गरिएको थियो। उनले अप्रिल १० मा ईमेलमार्फत यस बैठकको विरोध गरेकी थिइन्, तर त्यो बेवास्ता गरिएको थियो।
प्रीति जिन्टाको मुख्य आपत्ति मनीष खन्नालाई निर्देशकको रूपमा नियुक्त गरिएको विषयमा रहेको छ। उनले अदालतसँग उक्त बैठक अवैध घोषित गर्न अनुरोध गरेकी छन्। उनी र अर्का निर्देशक करन पाउल उक्त बैठकमा सहभागी भए पनि बैठकको निर्णयप्रति असहमति जनाएका थिए।
जिन्टाले अदालतसँग खन्नालाई निर्देशकको रूपमा काम गर्न रोक लगाइदिन र बैठकबाट गरिएका कुनै पनि निर्णय कार्यान्वयन नगर्न आदेश मागेकी छन्। साथै, उनले अदालतसँग भविष्यमा उनी र करन पाउल दुवै उपस्थित नभइन्जेल कुनै पनि बोर्ड वा साधारण सभा नहुने कुरा सुनिश्चित गर्न अनुरोध गरेकी छन्।
यस विषयमा अहिलेसम्म मोहित बर्मन र नेस वाडियाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।
यस कानुनी विवादमा रहे पनि प्रीति जिन्टा निरन्तर मैदानमा उपस्थित भई आफ्नो टिम पञ्जाब किंग्सलाई समर्थन गर्दै आइरहेकी छन्। श्रेयस अय्यरको कप्तानीमा रहेको टोलीले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै सन् २०१४ पछि पहिलो पटक प्लेअफमा स्थान बनाएको छ।
१२ खेलमा १७ अंक सहित टोली तेस्रो स्थानमा रहेको छ र शीर्ष दुईमा पुग्ने सम्भावना कायम छ। पञ्जाब किंग्सले आगामी खेलहरू दिल्ली क्यापिटल्ससँग मे २४ मा जयपुरमा र मुम्बई इन्डियन्ससँग मे २६ मा खेल्नेछ।
प्रतिक्रिया 4