+
+
Shares

‘नरसिंहा अवतार २’मा पनि राजेश हमाललाई देख्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘नरसिंहा अवतार २’ को पोस्ट-क्रेडिटमा अभिनेता राजेश हमाललाई देखाइएको छ।
  • फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको हो र हमाल ८ वर्षपछि पर्दामा फर्किएका हुन्।
  • दर्शकहरूले हमालको पुनरागमनलाई उत्साहका साथ स्वागत गरेका छन्।

काठमाडौं । ‘नरसिंहा अवतार’को दोस्रो श्रृंखलामा पनि अभिनेता राजेश हमाललाई देख्न पाइने भएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मको पोस्ट-क्रेडिटमार्फत निर्माताले यस्तो घोषणा गरेका हुन् ।

‘क्लाइमेक्स’ दृश्य सकिएलगत्तै हमाल पर्दामा देखिन्छन् र पृष्ठभूमिमा एक नरसिंहाको मुखौटाधारी एक पात्र देखिन्छ। त्यसपछि ‘नरसिंहा अवतार २’ लेखेको देखिन्छ ।

दिवाकर भट्टराई निर्देशित फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । यो फिल्ममा राजेश हमाल, राज कटुवाल, प्रशान्त ताम्राकार, सनिशा भट्टराईको शीर्ष भूमिका छ । बदलाको कथामा आधारित यो फिल्ममार्फत हमाल ८ वर्षपछि पर्दामा फर्किएका हुन् ।

झण्डै दशक लामो अन्तरालपछिको हमालको पुनरागमन हेर्न दर्शक उत्साहित छन् । यसको प्रमाण- कतिपय ठूला हलमा एकाबिहानै देखिएको ५०/६० प्रतिशतको अकुपेन्सी हो । अपरान्ह र बेलुकीका शोमा पनि अकुपेन्सी वृद्धि हुने देखिन्छ ।

दिउँसोदेखि अभिनेता हमाल दर्शक भेट्न हल भिजिटमा जाने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?