+

फागुरामको ५ गोलमा प्लानिङ ब्वाइज अपराजित च्याम्पियन

२०८२ जेठ  ९ गते १५:१३ २०८२ जेठ ९ गते १५:१३
फागुरामको ५ गोलमा प्लानिङ ब्वाइज अपराजित च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्लानिङ ब्वाइज युनाइटेडले शहीद स्मारक बी डिभिजन लिग फुटबलमा अपराजित रह्‍यो।
  • फागुराम थारुले ५ गोल गरेपछि प्लानिङले टुसाल युथ क्लबलाई ८-३ गोलअन्तरले हराएको हो ।
  • टोखाको श्री भगवती क्लब पनि ए डिभिजनमा बढुवा भएको छ।

९ जेठ, काठमाडौं । फागुराम थारु एक्लैले ५ गोल गरेपछि प्लानिङ ब्वाइज युनाइटेड फराकिलो जित निकाल्दै शहीद स्मारक बी डिभिजन लिग फुटबलमा अपराजित च्याम्पियन बनेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा प्लानिङले टुसाल युथ क्लबलाई ८-३ गोलअन्तरले हरायो । प्लानिङको जितमा फागुरामको पाँच गोलसँगै रामबाबु शाह, ओमप्रकाश चौधरी र प्रतापसिंह राईले १-१ गोल गरे ।

टुसालका लागि सुजन माझी, प्रदिप सुनार र बिनोद नेम्वाङले १-१ गोल गरे ।

यस खेलअघि नै च्याम्पियन बन्ने पक्का भइसकेको प्लानिङ ब्वाइजसँगै टोखाको श्री भगवती क्लब ए डिभिजनमा बढुवा भएका छन् ।

प्लानिङ ब्वाइज युनाइटेड फागुराम थारु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय