+
+
Shares

कांग्रेसमा भ्रातृ संस्थाका तदर्थ समिति भंग गर्ने-नगर्ने अन्योल

सभापति शेरबहादुर देउवा अलमलमा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भंग गर्ने पक्षमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समिति भंग गर्ने वा समयावधि थप्ने निर्णयमा अलमल देखिएको छ।
  • सभापति शेरबहादुर देउवा र नेताहरूबीच समिति भंग गर्ने वा निरन्तरता दिने विषयमा मतान्तर रहेको छ।
  • गत चैतसम्म पार्टीले निर्देशन दिएर महाधिवेशन गर्न नसकेका संस्थाहरूले नयाँ नेतृत्व चयन गरेका छन्।

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसमा भ्रातृ संस्थाका तदर्थ समिति भंग गर्ने कि समयावधि थप्नेमा मतान्तर देखिएको छ । दुईथरी विचार आएपछि कांग्रेसले महाधिवशेन गर्न नसकेका भ्रातृ संस्थाहरूबारे निर्णय लिन सकेको छैन ।

कांग्रेस नेताहरूका अनुसार सभापति शेरबहादुर देउवा तदर्थ समिति भंग गर्ने वा निरन्तरता दिनेमा अलमल देखिन्छन् । गत साता सभापति देउवालाई भेटेका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘सभापतिमा अलमल देखिन्छ । भंग गरेर फेरि नयाँ बनाउन समय लाग्ने र समूह-समूह मिलाउनुपर्ने हुँदा केही समय यसैलाई थप्नुपर्छ भन्ने सोच हो कि जस्तो पनि देखिन्छ ।’

शीर्ष तहका अधिकांश नेताहरू भ्रातृ संस्थाको तदर्थ समिति भंग गर्ने पक्षमा देखिएका छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा महाधिवेशन गराउन नसकेका तदर्थ समिति भंग गर्ने पक्षमा रहेको उनीहरू निकट एक नेताले जानकारी दिए । ती नेताले भने, ‘समय थपे पनि महाधिवशेन गर्ने विश्वस्त आधार छैन । उहाँहरू दुईजना नै भंग गर्ने पक्षमा देखिनुहुन्छ ।’

संस्थापनइतरका नेता डा. शेखर कोइरालाले ६ महिनाभित्र महाधिवेशन गर्ने कार्यादेश सहित भ्रातृ संस्थामा सानो आकारको समिति बनाउन उपयुक्त हुने धारणा राखेका छन् । महाधिवशेन गराउने कार्यादेश दिएर १२/१५ जनाको समिति बनाउन उपयुक्त हने कोइरालाको विचार छ । उक्त समिति पार्टीभित्रका समूहको भागबण्डामा आधारित हुन नहुने बताएका छन् ।

गत चैतको मसान्तसम्म निर्वाचित कार्यसमिति ल्याउन पार्टीले भ्रातृ संस्थाहरूलाई निर्देशन दिएको थियो । त्यस अवधिमा प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले महाधिवेशन गर्न सकेनन् ।

भ्रातृ संस्थाको महाधिवेशन गराउन पार्टीबाट समन्वय गर्ने गरी निर्देशक समिति बनाइएको थियो । केन्द्रीय नेताहरू सम्मिलित भएर निर्देशक समिति गठन गरिए पनि भ्रातृ संस्थाले महाधिवेशन भने गर्न सकेनन् । निर्देशक समिति र भ्रातृ संस्थाका अध्यक्षलाई महाधिवेशन हुनसक्ने/नसक्ने अवस्था लगायतको जानकारी पठाउन पार्टीले निर्देशन दिएको थियो ।

किसान संघ, थारू संघ लगायतले प्रतिवेदन बुझाएका थिए । महाधिवशेनको प्रक्रिया वा हुन नसक्नुको कारण उल्लेख गरेर अधिकांशले प्रतिवेदन समेत पेस नगरेको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जानकारी गराएको छ ।

गत चैतको मसान्तसम्म निर्वाचित कार्यसमिति ल्याउन पार्टीले भ्रातृ संस्थाहरूलाई निर्देशन दिएको थियो । त्यस अवधिमा प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले महाधिवेशन गर्न सकेनन् ।

चैत मसान्तभित्र तोकिएको अवधिमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपाङ संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तीमगर, लोकतान्त्रिक अपाङ्‍ग संघमा माधव चम्लागाईं, भूतपूर्व सैनिक संघमा गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा बालकृष्ण दाहाल र मुस्लिम संघमा अताबुल मन्सुरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक अपाङ्‍ग संघले पहिलोपटक महाधिवेशन गरेका हुन् । मगर संघले ३० र ३१ साउनमा महाधिवेशन गर्ने गरी समय तोकेको छ ।

नेविसंघमा दुजाङ शेर्पा, तरुण दलका विद्वान गुरुङ, महिला संघमा उषा राउत मिश्र, किसान महासंघमा गणेश तिमिल्सिना र दलित संघमा लोकबहादुर विश्वकर्मा तदर्थ समितिका सभापति छन् । नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?